१३ मंसिर २०७७
(Saturday 28 November, 2020)

आखिर के पायौं हामीले ?

मूलबासी न्यूज२७ श्रावण २०७७, मंगलवार

  • चन्देश्वर दास

पृथ्वी नारायण शाहले नेपाल नामक देशको निर्माण गर्दा देखि नै सहयोग र सहादतको गौरवशाली इतिहास छ तर राष्ट्रनिर्माण संपन्न भए पछि हामीले के पायौ। राष्ट्र निर्माणको क्रममा पृथ्वी नारायण शाहले विसे नगर्चि संग सापट लिएको एक मोहोर पनि फर्काएन। आखिर हामिले के पायौ ?

नेपाल निर्माण पछि शाहहरुको शासन उनीहरुकै कुटुम्ब राणाहरुले कब्जा गरेपछि राणा र शाह बिचको लड़ाइमा पनि हामी सहिद भयौ पुनः शाह हरुको शासन पुनर्स्थापना भयो । हामिले के पायौ ?

शाह हरुको सत्तालाई निरंकुश सत्ता हो भनेर शाही सत्ताको निर्दलियों सत्ताको विरुद्ध बहुदलीय प्रजातंत्रको लडाइ लड्यौ त्यसमा पनि हामीले उल्लेखनीय सहयोग र सहादत दियौ त्यो योगदान ऐतिहासिक रह्यो। तर हामिले के पायौ?

बहुदलीय प्रजातंत्रमा पनि शाह राजाहरुलाई नै टाउको बनाइयो र पुनः लोकतंत्रको नाममा क्रांति भयो । त्यस आंदोलनमा सहादत दिएर सहिद बन्नमा हामी नै अव्वल रह्यौ, यसलाई जनताको शासन आयो भनेर विज्ञापन गरियो तर त्यस शासन तंत्रमा हामीलाई सहभागिता गराइएन । हामिले के पायौं?

यो तंत्रको विरुद्ध पनि केहि जनै टुप्पिधारिहरुले कथित कम्युनिस्टको नाममा चर्को नारा घन्काए र माओको शैलिमा सशस्त्र भुमिगत युद्ध गरे जसमा भनियो कि यो युद्ध सफल भएमा जातैपिच्छेको जातिय राज्य आत्म निर्णय सहितको अधिकार दिने तथा गरिब शोषित उत्पिडित सर्वहाराको शासन आउछ भनेर गरिएको युद्ध जसको नाम पंडितहरुले “जनयुद्ध”राखेको थिए त्यस युद्धमा झन हजारौको संख्यामा सहादत दियौ । हामिले के पायौं?

त्यस पछि मधेशीहरुले अधिकार पाएन भनि तराई मधेशमा ठुलै आंदोलन भयो त्यसमा पनि सैकड़ों सहिद भए, हामीलाई लाग्यो अब त पक्कै अधिकार पाइन्छ भनेर सबैभंदा अग्रपंक्तिमा रहेर लड्यौं तर शासन र सत्ता भंदा बाहिर भयौं, दैनिक जसो हत्या, बलात्कार कुटपिट यातना भोगि रहेको छौ । हामिले के पायौं ?

पटक–पटक क्रांतिमा सहादत दिए पनि हामीले केहि पाएनौ किनकि ति सबै परिवर्तनको आंदोलन थिएन त्यो त केहि बाहुन र क्षेत्री बिचको द्वन्द्व थियो। ति आंदोलनको नेतृत्व हाम्रो थिएन, दुश्मनको षड्यंत्रको शिकार भयौं यसको मुख्य कारण न विचारधारा हाम्रो नियंत्रणमा थियो न नेतृत्व नै हाम्रो थियो। अब अझै कति अन्यको लागि लड्ने ? बाहुनधर्मको चातुर्वर्ण्य वर्णव्यवस्थाले निर्माण गरेको जातिविभेद छुवाछुतलाइ समुल नष्ट गर्नको लागि अंतिम लड़ाई लडौ जुन आंदोलनले हामी संग खोसिएको संपुर्ण गुमाएको हकअधिकार क्षतिपूर्ति सहित फिर्ता होस ।

लेखक मूलबासी अभियनता हुन ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी
एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी

२१ असार २०७७, आईतवार - काठमाण्डौ । एमसीसी बिषयलाई लिएर सत्ताधारी पार्टीहरु घम्साघम्सी गरिरहेको बेला मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले एमसीसी नेपालको हितमा नरहेको भन्दै यथास्थितिमा पारित नगर्न सरकारलाई चेतावनी दिएको छ “न्याय प्रेमी लोकसमुदायहरु अहिले हाम्रो मुलुकमा कोरोना भाईरस भन्दा पनि खतरा रोग मिलेनियम च्यालेन्ज..

कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)
कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)

२० जेष्ठ २०७७, मंगलवार - काठमाण्डौ । जेठ १९ सोमबार, अन्तरजातीय प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न खोज्दा पश्चिम रुकुममा जेष्ठ १० गते नवराज बि.क सहित ६ जनाको हत्या भएको घट्नालाई लिएर मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनले माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको छ । प्रर्दशनका क्रममा..

धरान उपमहानगरपालिकाले कोरना नियन्त्रणका लागि युवा परिचालन गर्ने तयारी ।
धरान उपमहानगरपालिकाले कोरना नियन्त्रणका लागि युवा परिचालन गर्ने तयारी ।

१७ चैत्र २०७६, सोमबार - धरान उपमहानगरपालिकामा आज ११ बजे बाट ३ बजे सम्म नगर प्रमुख तिलक राइ को रहोबरमा बसेको बैठकमा कोरना भाइरल नियन्त्रण सम्बन्धि जनचेतना फैलाउनको निमित्त युवा शक्ति परिचालन गर्ने निर्णय भएको छ । उक्त बसेको आजको बैठकमा मंगोल नेसनल अर्गनाइजेसन डा..

लकडाउन २५ गते मध्यरातिसम्म ।
लकडाउन २५ गते मध्यरातिसम्म ।

१६ चैत्र २०७६, आईतवार - कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेर २५ गते मध्यरातिसम्म पुराएको छ । एसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लकडाउन गरिएको थियो । बिबिध खाद्य सामाग्री..

प्रदेश १ मा २५ जनालाइ कोरना भाइरस टेस्ट गर्दा २० जनामा नेगेटिभ।
प्रदेश १ मा २५ जनालाइ कोरना भाइरस टेस्ट गर्दा २० जनामा नेगेटिभ।

१५ चैत्र २०७६, शनिबार - प्रदेश १ को विभिन्न अस्पतालहरु बाट २५ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागी पठाइएको थियो जस मध्ये २० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने बाकि ५ जनाको रिपोर्ट आउनु बाकि रहेको छ । प्रदेश १ को विभिन्न अस्पतालहरुमा..

थप अर्की युवती कोरान भाइरसबाट संक्रमित । नेपालमा संक्रमित हुनेको संख्या ५ पुग्यो ।
थप अर्की युवती कोरान भाइरसबाट संक्रमित । नेपालमा संक्रमित हुनेको संख्या ५ पुग्यो ।

१५ चैत्र २०७६, शनिबार - बाग्लुङ्ग नगरपालिकाको आफ्नै घरमा बसिरहेकी एक युवतीलाइ यतिखेर काठमाण्डौ लेउने पूर्ण तयारी भइरेको छ । धौलागिरी अस्पतालमा नमुना संकलन पश्चात युवतीलाइ अस्पताल मै बस्न भनिए पनि आफ्नो घर गएकी युवतीमा कोरान भाइरस संक्रमण रहेको पुष्टि भएको छ । संक्रमण देखिएकी..