१३ मंसिर २०७७
(Saturday 28 November, 2020)

कोरना भाइरसको समयमा यौनसम्पर्ग राख्दा गर्भ रहनछकि रहदैन यौन जिज्ञासा।

मूलबासी न्यूज१९ चैत्र २०७६, बुधबार

विश्व जगतलाइ थिल थिल कोरना भाइरसले बनाएको बेला यौन जोडीहरुमा एउटा कौतुहलता पैदा हुना थालेको छ कि एस्तो बेला यौन सम्बन्ध राखे गर्भ रहनछ कि रहदैन ? वास्तविकता यो होइन कि गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक पटक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ,तर सधैँ यस्तो हुँदैन । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा १।डिम्ब निष्कासन,२।यौनसम्पर्क,३। वीर्य स्खलन,४।डिम्ब निषेचन तथा ५ डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ । सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८,६ हुन्छ,अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।यसका साथै केही विधीहरु अंगाल्ने हो भने पनि गर्भ रहँदैन , जस्तोकि: १। सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन । २। सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन । ३। सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन । ४।एस्पिरिनले गर्भाधारण रोक्छ । ५। महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन । ६।महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन । (एजेन्सी

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

कोरना भाइरसको वस्थामा यौन सम्बन्ध राख्नु कत्तिको उच्चित छ।
कोरना भाइरसको वस्थामा यौन सम्बन्ध राख्नु कत्तिको उच्चित छ।

१८ चैत्र २०७६, मंगलवार - विश्वव्यापी रुपमा फैलिएको विश्वजगत मानव प्राणिहरुमा आतंकित अवस्थामा पुराउने माहामारी कोरना भाइरस (covid - 19) बाट ३२ हजार को ज्यान जानुको साथै ८ लाख बढी मानिस संक्रमित छन् भने १ लाख भन्दा बढी अवस्था गम्भीरजनक छन् । यो भाइरसले नेपाललाइ..

आईजीपी नियुक्त नगरी सकियो मन्त्रिपरिषद् बैठक
आईजीपी नियुक्त नगरी सकियो मन्त्रिपरिषद् बैठक

५ फाल्गुन २०७६, सोमबार - पाल्पा– पाल्पाली बरिष्ठ कलाकार तथा समाजसेवी ब्रम्हशेखर बज्राचार्यको सोमबार बिहान निधन भएको छ । तानसेन बडिज्ञानटोल निवासी ८९ बर्षिय बज्राचार्यको उपचारको क्रममा तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा निधन भएको छिमेकी तथा ज्ञानमाला संघ, आनन्दबिहारका निवर्तमान अध्यक्ष बिनयराज बज्राचार्यले जानकारी दिनुभयो..

आईजीपी नियुक्त नगरी सकियो मन्त्रिपरिषद् बैठक
आईजीपी नियुक्त नगरी सकियो मन्त्रिपरिषद् बैठक

५ फाल्गुन २०७६, सोमबार - पाल्पा– पाल्पाली बरिष्ठ कलाकार तथा समाजसेवी ब्रम्हशेखर बज्राचार्यको सोमबार बिहान निधन भएको छ । तानसेन बडिज्ञानटोल निवासी ८९ बर्षिय बज्राचार्यको उपचारको क्रममा तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा निधन भएको छिमेकी तथा ज्ञानमाला संघ, आनन्दबिहारका निवर्तमान अध्यक्ष बिनयराज बज्राचार्यले जानकारी दिनुभयो..