१३ मंसिर २०७७
(Saturday 28 November, 2020)

निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

मूलबासी न्यूज२३ श्रावण २०७७, शुक्रबार


चितवन, साउन २३ । चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घर धुरी चेपाङ्ग समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय कार्य गरेको थियो ।

राज्यबाट सधै हेपिएका ठगिएका चेपाङ समुदाय राज्यले नै लोपोन्मुख संरक्षण गर्नु पर्ने समुदायको सूचिमा राखेको छ । तर रक्षक नै भक्षक बनिदियो । सर्वहाराको सरकार सर्वहाराको लागि अभिसाप बन्यो ।

राज्यले सहयोग त के कुरा बरु उल्टै एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो भनि बनमन्त्री शक्ति बहादुर बस्नेतले अभिव्यक्ति दिए । बर्षादको समयमा आवास बिहिन बन्यो चेपाङ बस्ती ।

यस्तो बेला राज्यबाट सहयोग नपाएका चेपाङ समुदायको बस्तीमा मूलबासी न्यूज टिम पुग्दा खाने बस्ने को ब्यवस्था केहि पनि नभएको सहयोग दिन आउनेले पनि बजारबाट पिडितको घर सम्म पुग्न लाइ ३ घण्टा पैदल हिड्न पर्ने भएको ले बजार मै पिडित लाई सहयोग दिने भएको ले सहयोग पाउन गारो भएको र पाएको सहयोग पनि बिचौलिया ले नदिएको भन्दै पिडितहरुले गुनासो पोखे ।


घरमा खानको लागि ४/५ दिन लाइ पुग्छ हामीलाई पैसा नै दिनुहोस भने पछि जलेको दुइ घरलाई रु १०/१० हजार बाँकी ८ घरलाई रु ६/६ हजार को दरले हस्तारण गरेको र बाँकि रु ६५५ रुपैया ६ जना बालबालिकालाई कापी कलम किन्नको लागि मुलबासी न्युज संचालक नयन्द्र राई द्वारा वितरण गरिएको थियो ।
मूलवासी न्युजको पहलमा रु ६८६५५ उठेको मध्ये मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले रु १५४९० संकलन गरेका थियो । बाँकि रिता राइको पहलमा रु ५३१६५ संकलन भएको थियो ।

One thought on “निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

  1. युगाण्तकारी सहयोगको लागि मुलबासी निउज सन्चालक नरेनढ्र राइको तिमलाइ धनन्यबाढ छ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)
कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)

२० जेष्ठ २०७७, मंगलवार - काठमाण्डौ । जेठ १९ सोमबार, अन्तरजातीय प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न खोज्दा पश्चिम रुकुममा जेष्ठ १० गते नवराज बि.क सहित ६ जनाको हत्या भएको घट्नालाई लिएर मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनले माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको छ । प्रर्दशनका क्रममा..