१५ मंसिर २०७७
(Monday 30 November, 2020)

पैसा नभए पछि पशुपतिमा बुवाको शव समेत गरिबले जलाउन पाएन ।

मूलबासी न्यूज१६ चैत्र २०७६, आईतवार

बागमती किनारमा एउटा शव, छेउमा थिइन्– २७ वर्षीया रिना श्रेष्ठ र रुँदै गरेका दुई बच्चा ।
भक्तपुरका स्थायी निवासी रिनाका ४० वर्षीय श्रीमान राजेशको शनिबार बिहान निधन भएको थियो । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्ने उनी नक्सालमा परिवारसहित बस्दै आएका थिए । तीन सन्तान नाबालक छन् । घरमूली नै बिरामी भएपछि परिवार चरम आर्थिक संकटमा थियो । ‘राम्रो उपचार गरेर बचाउन सकिएन, आज बिहान प्राण गयो, लास उठाउनसमेत रकम भएन,’ रिनाले भनिन् ।
रिनाका अनुसार उनले छिमेकीसँग चन्दा उठाउन खोजेका थिए । तर, लक डाउनका कारण ४५ सय रुपैयाँ मात्रै जम्मा भयो । मलामी नपाएपछि शवबाहनमा हालेर आर्यघाट ल्याए । त्यसैमा दुई हजार खर्च भयो । आर्यघाट पुगेपछि उनीहरूले थाहा पाए– शव जलाउने ठाउँ पनि स्तरअनुसार फरकफरक छ । आर्थिक हैसियत भएकालाई माथिपट्टि, विपन्नलाई तलपट्टि । सबैभन्दा सस्तो ठाउँमा पनि ६ हजार रुपैयाँ लाग्ने देखियो । तर, उनीहरूसँग २५ सय रुपैयाँ मात्र थियो ।
कसैले विद्युतीय शवदाहगृहमा सस्तो पर्छ भनेर सल्लाह दियो । त्यसैले रिनालाई बागमती किनारमै छाडेर उनका दुई आफन्त यता आएका रहेछन् । तर, त्यहाँ पनि चार हजार लाग्ने भयो । आफूसँग २५ सय भएकाले त्यतिमै शवदाह गरिदिन उनीहरू अनुरोध गरिरहेका थिए । तर, शवदाहगृहका कर्मचारी ‘नो डिस्काउन्ट’को मुडमा थिए ।
रिनालाई साथ दिन आर्यघाट पुगेकी रेणु थापाले भनिन्, ‘१२ बजे नै शव आर्यघाट ल्यायौँ । तर, पैसा नभएकाले शव अलपत्र परेको छ ।’ बाबुको मृत्युमा शोकमा परेका दुई बालबालिका यो सब संवाद सुनिरहेका थिए । उनीहरूको मुहारमा मडारिएको पीडाले हामीलाई मौन बस्न दिएन । त्यहीँबाट पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई फोन लगायौँ । घटना विवरण सुनायौँ । उनले समस्या समाधान गर्ने वचन दिए ।
खतिवडाको आश्वासन बोकेर हामी मृतकका परिवारसहित दहन कक्ष पुग्यौँ, तर त्यहाँका कर्मचारी पूर्वअडानबाट टसमस भएनन् । फेरि खतिवडालाई फोन गर्यौँ । काउन्टरका कर्मचारीसँगै कुरा गर्न भन्यौँ । तर, कर्मचारी बोल्न तयार थिएनन् । धेरै याचना गरेपछि उनी आफ्ना हाकिमसँग कुरा गर्न तयार भए ।
अब समस्या समाधान भयो भनेर हामीले लामो सास तान्न मात्र के खोजेका थियौँ, काउन्टरका कर्मचारीले अर्को अत्तो थापे, उहाँ (खतिवडा)ले भनेर हुँदैन । अनि उनैले उपाय सुझाए– कोषका पूर्वपदाधिकारी नरोत्तम वैद्यलाई भन्नुहोस् । हामीले वैद्यको नम्बर खोज्यौँ, र उनलार्ई फेरि विवरण बयान गर्‍यौँ ।
वैद्यले काउन्टरका कर्मचारीसँग संवाद गरे । उनीहरूबीच के संवाद भयो, शव दाह गर्न कर्मचारी तयार भए । केहीबेरमा शव दहन पनि सुरु भयो । तर, फेरि पनि हाम्रो मनमा प्रश्न उठिरह्यो, ‘कोषका पदाधिकारीलाई चिन्ने र फोन घुमाउन सक्ने यो देशमा मुठ्ठिभर होलान्, जसले फोन गर्न सक्दैनन्, तिनको अवस्था के होला ? देशमा सरकार छ, तर फोन घुमाउन नसक्ने नागरिकले मर्दा पनि सुख नपाउने अवस्था कहिलेसम्म रहला ?’
- नयाँ पत्रिकाबाट

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

२३ श्रावण २०७७, शुक्रबार - चितवन, साउन २३ । चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घर धुरी चेपाङ्ग समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय..

आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

११ श्रावण २०७७, आईतवार - सफेद चरण सस्था धरान अहिले मेची आखा अस्पताल झापा बिर्तामोड पुगेको छ। निरन्तर विभिन्न सामाजिक सेवामा काम गर्दै आएका सफेद चरण सस्था ले फेरी एउटा उधारनिय काम मा हात हालेको छ। धरान उपमहानगरपालिका वडा नं 5 खैरेनी निवासी एक बर्षीय..

अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान .......
अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान …….

२३ असार २०७७, मंगलवार - ३ महिना देखि वल्ड क्यान्सर बाट ग्रशित स्थाई घर खोटाङ्ग ऐसेलुखर्क वडा न : ७ का प्रमिला राई खेर अस्पतालको सैयामा जीवन बाचन र मरण मा छटपटाइ रहेको उहाको उपचार गर्ने खर्च सम्म नभए पछि समाज सेवी तथा मंगोल अभियन्ता..

एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी
एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी

२१ असार २०७७, आईतवार - काठमाण्डौ । एमसीसी बिषयलाई लिएर सत्ताधारी पार्टीहरु घम्साघम्सी गरिरहेको बेला मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले एमसीसी नेपालको हितमा नरहेको भन्दै यथास्थितिमा पारित नगर्न सरकारलाई चेतावनी दिएको छ “न्याय प्रेमी लोकसमुदायहरु अहिले हाम्रो मुलुकमा कोरोना भाईरस भन्दा पनि खतरा रोग मिलेनियम च्यालेन्ज..

समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन
समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन

२१ असार २०७७, आईतवार - झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको..

बम्जन अपराधी भए कार्बाही हुनुपर्छ तर अनावश्यक दुख दिने काम बन्द हुनुपर्छ ।  एमएनओ(डा.गोपाल गुरुङ)
बम्जन अपराधी भए कार्बाही हुनुपर्छ तर अनावश्यक दुख दिने काम बन्द हुनुपर्छ । एमएनओ(डा.गोपाल गुरुङ)

१९ असार २०७७, शुक्रबार - काठमाण्डौ । देश धर्मनिरपेक्ष राज्य घोषणा भएको बर्षौ बिति सक्दा पनि आफूले चाहेको धर्म मान्न पाउने जन्मसिद्ध अधिकारको हनन् भइरहेकोमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ बिरोध जनाएको छ । बिज्ञप्तीमा राम बहादुर बम्जन दशकौं देखि मैत्री धर्म अपनाएर आफ्नै आश्रम खोली..