१३ मंसिर २०७७
(Saturday 28 November, 2020)
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

२३ श्रावण २०७७, शुक्रबार -


चितवन, साउन २३ । चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घर धुरी चेपाङ्ग समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय कार्य गरेको थियो ।

राज्यबाट सधै हेपिएका ठगिएका चेपाङ समुदाय राज्यले नै लोपोन्मुख संरक्षण गर्नु पर्ने समुदायको सूचिमा राखेको छ । तर रक्षक नै भक्षक बनिदियो । सर्वहाराको सरकार सर्वहाराको लागि अभिसाप बन्यो ।

राज्यले सहयोग त के कुरा बरु उल्टै एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो भनि बनमन्त्री शक्ति बहादुर बस्नेतले अभिव्यक्ति दिए । बर्षादको समयमा आवास बिहिन बन्यो चेपाङ बस्ती ।

यस्तो बेला राज्यबाट सहयोग नपाएका चेपाङ समुदायको बस्तीमा मूलबासी न्यूज टिम पुग्दा खाने बस्ने को ब्यवस्था केहि पनि नभएको सहयोग दिन आउनेले पनि बजारबाट पिडितको घर सम्म पुग्न लाइ ३ घण्टा पैदल हिड्न पर्ने भएको ले बजार मै पिडित लाई सहयोग दिने भएको ले सहयोग पाउन गारो भएको र पाएको सहयोग पनि बिचौलिया ले नदिएको भन्दै पिडितहरुले गुनासो पोखे ।


घरमा खानको लागि ४/५ दिन लाइ पुग्छ हामीलाई पैसा नै दिनुहोस भने पछि जलेको दुइ घरलाई रु १०/१० हजार बाँकी ८ घरलाई रु ६/६ हजार को दरले हस्तारण गरेको र बाँकि रु ६५५ रुपैया ६ जना बालबालिकालाई कापी कलम किन्नको लागि मुलबासी न्युज संचालक नयन्द्र राई द्वारा वितरण गरिएको थियो ।
मूलवासी न्युजको पहलमा रु ६८६५५ उठेको मध्ये मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले रु १५४९० संकलन गरेका थियो । बाँकि रिता राइको पहलमा रु ५३१६५ संकलन भएको थियो ।

आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

११ श्रावण २०७७, आईतवार -

सफेद चरण सस्था धरान अहिले मेची आखा अस्पताल झापा बिर्तामोड पुगेको छ। निरन्तर विभिन्न सामाजिक सेवामा काम गर्दै आएका सफेद चरण सस्था ले फेरी एउटा उधारनिय काम मा हात हालेको छ। धरान उपमहानगरपालिका वडा नं 5 खैरेनी निवासी एक बर्षीय बालीका सदिछा बस्यल नानी को बिगत केहि समय देखि आखामा समस्या देखा परेपछि आज आखा चेकजाँच गर्न को निमित्त सफेद चरण सस्था बिर्तामोड पुगेको हो। सम्भबत आज आखा चेकजाच सकिय पछि भोलि शल्यक्रिया हुने भएको छ। अस्पताल मा लाग्ने नानीको सम्पुर्ण खर्च देखि रेख देख समेत सफेद चरण सस्था धरान ले गर्ने भएको सफेद चरण सस्था का उपाध्यक्ष डेबिट सुब्बा ले मूलवासी न्युज लाइ बताउनु भएको छ।आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड
पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड

३ श्रावण २०७७, शनिबार -

लामो समय देखि समाज सेवामा लागेका डेभिड थेगिम सुब्बा एति खेर सुब्बा लाइ आफ्नो भन्दा समाज को धेरै पिरचिन्ता मा दिन बिताउछन ।

पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिडबिहान देखि राति अबेर सम्म लगातार समाजको सेवामै समय खर्चिने सुब्बा कोरना भाइरस को लकडाउन मा अलपत्र परेका पिडित देखि आर्थिक कम्जोर भएका हरुको घर घर पुगेर सहयोग दिने सहयोग संकलन गर्ने देखि कोरना भाइरस को संक्रमण बाट कसरि बच्ने जस्ता समाजलाई शिक्षा जनचेतना मुलक कार्यक्रम गर्दै माक्स लगायत बिपन्न परिवारलाई घरायसी सामाग्री खाने नुन तेल दाल चामल लगायत का सामान वितरण गर्ने डेभिड सुब्बा एति खेर यस्तै राहत वितरण लगायत सहयोग गर्नको निमित्त अबिरल वर्षा का कारण सडक अबरुद्ध हुदा सवारी आवत जावत मा समस्या भएको हुदा बाटो अबरुद्ध भै समस्यामा परेकालाई केराबारी गाउँ पालिका वार्ड नम्बर १ का युवा नेता तथा समाजसेबी डेविड सुब्बा द्वारा २१० लिटर डिजेल सहयोग गरिएको छ ! सुब्बा बिगित दिनहरुमा पनि धेरै सक्रिय भएर समाज सेवामा लागेको छ कोरोना माहामारी मा को समय पनि फ्रन्ट लाईनमा भएर समाज सेवी गरेका थिए सुरू मा होप धरान तर्फबाट समाजमा सेवा अबद्ध भएर काम गरिरहेका थिए 300 जना भन्दा धेरै बिपिन बर्गहरुलाई बिभिन्न खाद्द्न्न बितरण गरिएको थिए पछिल्लो समयमा ” सेफैद चरण” White phase मानवअधिकार सस्था अन्तर्गत निरन्तर सेवा गरिरहेका छन् डेभिड सुब्बा यतिखेर मंगोल नेसनल अर्गनाइजेसन डा गोपाल गुरुङ्ग संगठन मा समेत आवद्ध हुनुहुन्छ।

अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान .......
अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान …….

२३ असार २०७७, मंगलवार -

३ महिना देखि वल्ड क्यान्सर बाट ग्रशित स्थाई घर खोटाङ्ग ऐसेलुखर्क वडा न : ७ का प्रमिला राई खेर अस्पतालको सैयामा जीवन बाचन र मरण मा छटपटाइ रहेको उहाको उपचार गर्ने खर्च सम्म नभए पछि समाज सेवी तथा मंगोल अभियन्ता अमित याख्खा ज्यु ले प्रमिला राई बचाउ अभियान को सुरुवात गर्नु भएको छ।
कोरना संक्रमण को पिडित देखि लकडाउनमा परेका पिडित जनताहरुलाई सहयोग गर्दै आउनु भएको अमित याख्खा फेरी राई को बचाउ अभियान मा जुटेका हुन् ।
सबै दयालु मन हरुमा एक चोटी सानो सहयोग गरे मा मात्र पनि राइ को जीवन बाच्ने थियो भन्दै सबैमा आह्वान गर्नु भएको छ भने राई को उपचार खर्च आफ्नो तर्फ़ बाट भने पठाई सकेको र केहि रकम संकलन हुदै गरेको तपाइँ जो कोहिले सहयोग गर्नु चाहे पिडित राई को छोरी इसु राई को यो ९८१३३६७९०६ फोन नम्वर मा सम्पर्ग गरि सहयोग गर्नु सक्नु हुने समेत मूलवासी न्युज लाई जानकारी दिनु भएको छ।

समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन
समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन

२१ असार २०७७, आईतवार -

झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको थियो । भने बिशिष्ट अतिथिमा संघिय युबा सभाका संयोजक अमित याख्खा राई, संघीय सभाका सह(सचिब मोहन सेरेङ अतिथिहरुमा संघिय सदस्य अमर सावा र दलबहादुर लिम्बु रहनुभएको थियो ।

युबा सभा गठन हुनु अगाडि प्रमुख अतिथी शक्ति चाम्लिङ राई र संघिय युबा सभाका संयोजक तथा विशिष्ट अतिथी अमित याक्खा राईले प्रशिक्षण दिनुभएको थियो । स्वागत मन्तव्य विशिष्ट अतिथि मोहन सेरेङले दिनुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले मंगोल अस्तित्व र मंगोलवाद बारे बोल्नु भएको थियो । भेलामा मंगोललाई कोरोनाले रोक्न सक्दैन भन्ने युबाहरुको उपस्थितले प्रष्ट पारेको थियो ।

प्रशिक्षण पश्चात् समीर मान श्रेष्ठको नेतृत्वमा १५ जना सदस्यीय बुद्ध शान्ती गाउँपालिका युबा सभा गठन गरिएको छ । कार्यक्रम लुबाहाङ राईको अध्यक्षतामा प्रदेश नम्बर १ का कोषाध्यक्ष सनमान तामाङ्को संचालनमा बुद्ध शान्ति गाउँपालिका बुधबारेमा सम्पन्न भएको थियो ।

राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते
राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते

१९ असार २०७७, शुक्रबार -

धनुषा । दलित युवाको मृत्यु प्रकरणविरुद्ध जनकपुरमा जनआन्दोलनकै झल्को दिनेगरी विरोध प्रदर्शन भएको छ । धनुषा जिल्लाका राजु सदा र शम्भु सदाको मृत्यु प्रकरण लगायत रुकुम घटनाको विरोध गर्दै दलित संघर्ष समितिले बिहीबार हजारौंको संख्यामा विरोध प्रदर्शन गरेको हो ।

राजुको आइसोलेसनमा छटपटिएर ज्यान गएको थियो भने शम्भुको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उक्त दुबै घटनाको सत्यतथ्य छानपिन गरी दोषीमाथि कानुनी कारवाहीको माग गर्दै स्थानियहरुले विरोध प्रदर्शन गरेका हुन ।

राजु र शम्भु मृत्यु प्रकरणको सत्य तथ्य छानविन गर, दोषीमाथि कारवाही गर, दलितमाथिको अन्याय बन्द गर, रुकुम नरसंहारमा दोषीलाई हदैसम्मको कारवाही गर, जातिय विभेद तथा छुवाछूत गर्नेविरुद्ध कडा कानुनको ब्यवस्था गर लगायतका नारा लगाउँदै हजारौं स्थानियहरुले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गर्दा केहि प्रदर्शनकारी घाइते समेत भएका छन् । दुईजना प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ । शान्तिपूर्ण प्रदर्शनलाई प्रहरीले रोक्न खोजेपनि भिड अगाडि बढ्ने क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गर्दै लाठी प्रहार गरेको दलित अगुवाहरुले बताएका छन् ।

१६ वर्षीय राजुको गत असार ९ गते आइसोलेसनमै छटपिटएर धनुषाको हंसपुर नगरपालिकाका ज्यान गएको थियो भने सवारी दुर्घटनामा ज्यान मुद्दामा पक्राउ परेका शम्भु इलाका प्रहरी कार्यालय सबैलामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पीडित परिवार र दलित अगुवाहरुले शम्भुको आत्महत्या नभइ हत्या भएको बताउँदै न्याय माग्दै आएका छन् ।

प्रदर्शनकारीहरुले रुकुमको सोतीमा जेठ १० गते नवराज विकसहित ६ जना युवाको हत्याकाण्डको पनि विरोध गर्दै दोषीमाथि हदैसम्मको कारवारीको माग गरेका छन् ।

@anamolpost