१९ मंसिर २०७७
(Friday 04 December, 2020)
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

२३ श्रावण २०७७, शुक्रबार -


चितवन, साउन २३ । चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घर धुरी चेपाङ्ग समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय कार्य गरेको थियो ।

राज्यबाट सधै हेपिएका ठगिएका चेपाङ समुदाय राज्यले नै लोपोन्मुख संरक्षण गर्नु पर्ने समुदायको सूचिमा राखेको छ । तर रक्षक नै भक्षक बनिदियो । सर्वहाराको सरकार सर्वहाराको लागि अभिसाप बन्यो ।

राज्यले सहयोग त के कुरा बरु उल्टै एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो भनि बनमन्त्री शक्ति बहादुर बस्नेतले अभिव्यक्ति दिए । बर्षादको समयमा आवास बिहिन बन्यो चेपाङ बस्ती ।

यस्तो बेला राज्यबाट सहयोग नपाएका चेपाङ समुदायको बस्तीमा मूलबासी न्यूज टिम पुग्दा खाने बस्ने को ब्यवस्था केहि पनि नभएको सहयोग दिन आउनेले पनि बजारबाट पिडितको घर सम्म पुग्न लाइ ३ घण्टा पैदल हिड्न पर्ने भएको ले बजार मै पिडित लाई सहयोग दिने भएको ले सहयोग पाउन गारो भएको र पाएको सहयोग पनि बिचौलिया ले नदिएको भन्दै पिडितहरुले गुनासो पोखे ।


घरमा खानको लागि ४/५ दिन लाइ पुग्छ हामीलाई पैसा नै दिनुहोस भने पछि जलेको दुइ घरलाई रु १०/१० हजार बाँकी ८ घरलाई रु ६/६ हजार को दरले हस्तारण गरेको र बाँकि रु ६५५ रुपैया ६ जना बालबालिकालाई कापी कलम किन्नको लागि मुलबासी न्युज संचालक नयन्द्र राई द्वारा वितरण गरिएको थियो ।
मूलवासी न्युजको पहलमा रु ६८६५५ उठेको मध्ये मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले रु १५४९० संकलन गरेका थियो । बाँकि रिता राइको पहलमा रु ५३१६५ संकलन भएको थियो ।

कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)
कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)

२० जेष्ठ २०७७, मंगलवार -

काठमाण्डौ । जेठ १९ सोमबार, अन्तरजातीय प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न खोज्दा पश्चिम रुकुममा जेष्ठ १० गते नवराज बि.क सहित ६ जनाको हत्या भएको घट्नालाई लिएर मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनले माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको छ ।

प्रर्दशनका क्रममा रुकुम हत्याकाण्ड निष्पक्ष छानबीन गर, नश्लीय विभेद बन्द गर, वर्णभेदी नीति बन्द गर, मानवअधिकार लागू गर, बाँच्न पाउने अधिकार सुरक्षीत गर, जनताको सुरक्षाको ग्यारेन्टी गर, धार्मिक अपराध बन्द गर, मूलबासी मंगोल एक हौ” लेखिएका प्लेकार्ड सहि नारा बाजी लगाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ३ नं. प्रदेश संयोजक शेरप तामाङले रुकुम चौरजहारी हत्याकाण्डमा संलग्नलाई नेपालको संविधान बमोजिम कार्वाही गर्नु पर्ने बताएका छन् । नेपाल सरकारले मृतकका परिवारलाई उचित क्षतीपूर्तीको व्यवस्थाको पनि माग गरेका छन् । सभालाई सम्बोधन गर्दै संघिय संचार प्रमुख जीवन मंगोलले रुकुम हत्याकाण्डले नेपालको विश्व सामु वेइजत भइरहदा उच्च जातीय सोच बोक्नेहरुले हत्याकाण्डलाई दबाउन खोजेको आरोप लगाएका छन् । विश्वलाई नै रुकुम हत्याकाण्डले स्तव्ध बनाएको र नेपालमा जातीय नरसंहार गर्नेलाई जंगली पशु संग तुलना भइरहेको बताए । मानवले मावन भएर बाँच्न पाउने अधिकारको बर्खिलापमा भएको हत्याकाण्डको छानबीन गरि दोषीलाई आजीवन काराबासको सजाय हुनु पर्ने माग समेत गरेका छन् ।

यसैगरी वडाध्यक्षको संलग्नता देखिनु र सांसद्हरुको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति प्रति कडा बिरोध जनाएका छन् । आफूलाई उच्च ठान्नेहरुले नवराज बि.क लगायत उनका साथीहरुलाई ट्यापे, गुण्डा, त्यस्तालाई हत्या नगरे के फूलमालाले स्वागत गर्नु भन्ने बाहुनवादीहरुले दिएको तर्कले मान्छेको बाँच्न पाउने अधिकार बञ्चित भएको तर्क गरे । कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै प्रश्न गरे । लगडाउनको अवधीमा जातीय विभेद, जातीय दमन, बलात्कार जस्ता घट्ना बढेको भन्दै बिरोध जनाएका छन ।

सभामा रुपन्देही जिल्लाको देबदह २ मा झुन्डिएको अवस्थामा भेटिएकी किशोरी अंगीरा पासीको बलात्कार पछि हत्या भएकोमा दुःख व्यक्त गरेका छन् । भने बलात्कारीलाई सजाय हुनु पर्ने माग गरेका छन् । यसैगरी बक्ताहरुले लडडाउन घोषणा भएपछि उच्च जातिको केटी भगाएको कारण दलित युवालाई यातना दिइएको, दलित युवा कुटिएको, दलित महिला भएकै कारण कुटपीट, राहत बितरणमा जातिविभेद, दलितले क्रियापुत्रि खोज्दा विभेद अपमान, जातीय विभेद बिरुद्ध बोल्नेलाई धम्की, क्वारेन्टाइनमा जातीय विभेद, दलितसंग बिबाह भएकै कारण निर्घात कुटपीट जस्ता घट्नाको भत्र्सना गरेका छन् ।

सबै खाले विभेद बिरुद्धको सन्धिहरुको पक्ष राष्ट्र नेपाल भए पनि बाहुनवादी सोचबाट गए गुज्रेकाहरुले जातिय बिभेद गर्ने, जातिय दंगा फैलाउने कार्य गरिरहेको र मानवले मानव भएर बाच्न पाउने अधिकार कुन्ठीत गरिरहेको भन्दै चर्को बिरोध जनाएका छन् । आफूहरु मानवअधिकारको पक्षमा, पीडित उत्पीडितहरुको पक्षमा रहेको भन्दै सबै उत्पीडित मूलबासी मंगोल एक हुन आव्हान समेत गरेका छन ।