१९ मंसिर २०७७
(Friday 04 December, 2020)
रुकुम हत्याकाण्ड र एमसीसीको बिरुद्ध सुर्खेतमा बिरोध सभा
रुकुम हत्याकाण्ड र एमसीसीको बिरुद्ध सुर्खेतमा बिरोध सभा

२४ जेष्ठ २०७७, शनिबार -

सुर्खेत / मंगोल मुलबासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन–डा. गोपाल गुरुङ जिल्ला सभा सुर्खेतले अमेरिकी सहयोग कार्यक्रम एमसीसी र पश्चिम रुकुममा नवराज बि.क को हत्या भएको विरुद्ध बिरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा भएको कार्यक्रमले राम्रो संदेश दिएको संघीय नेता रतन दर्लामी मगरले बताउनुभएको छ । साथै उहाले धेरै कठिनाइ र बाधाहरुको बाबजुद पनि कार्यक्रम सफल भएको बताउनुभएको छ ।

कार्यक्रममा संघिय नेता रतन दर्लामी, तिल ब श्रेष्ठ, जिल्ला अध्यक्ष खेम ब पुनमगर जिल्ला सदस्य ईन्द्र बहादुर सलामी चौकुने गाउपालिका अध्यक्ष पुर्ण ब थापा लगाएत भेला भएका थिए कार्यक्रम सुर्खेतको चौकुनेमा सम्पन्न भएको थियो ।