१९ मंसिर २०७७
(Friday 04 December, 2020)
आखिर के पायौं हामीले ?
आखिर के पायौं हामीले ?

२७ श्रावण २०७७, मंगलवार -

  • चन्देश्वर दास

पृथ्वी नारायण शाहले नेपाल नामक देशको निर्माण गर्दा देखि नै सहयोग र सहादतको गौरवशाली इतिहास छ तर राष्ट्रनिर्माण संपन्न भए पछि हामीले के पायौ। राष्ट्र निर्माणको क्रममा पृथ्वी नारायण शाहले विसे नगर्चि संग सापट लिएको एक मोहोर पनि फर्काएन। आखिर हामिले के पायौ ?

नेपाल निर्माण पछि शाहहरुको शासन उनीहरुकै कुटुम्ब राणाहरुले कब्जा गरेपछि राणा र शाह बिचको लड़ाइमा पनि हामी सहिद भयौ पुनः शाह हरुको शासन पुनर्स्थापना भयो । हामिले के पायौ ?

शाह हरुको सत्तालाई निरंकुश सत्ता हो भनेर शाही सत्ताको निर्दलियों सत्ताको विरुद्ध बहुदलीय प्रजातंत्रको लडाइ लड्यौ त्यसमा पनि हामीले उल्लेखनीय सहयोग र सहादत दियौ त्यो योगदान ऐतिहासिक रह्यो। तर हामिले के पायौ?

बहुदलीय प्रजातंत्रमा पनि शाह राजाहरुलाई नै टाउको बनाइयो र पुनः लोकतंत्रको नाममा क्रांति भयो । त्यस आंदोलनमा सहादत दिएर सहिद बन्नमा हामी नै अव्वल रह्यौ, यसलाई जनताको शासन आयो भनेर विज्ञापन गरियो तर त्यस शासन तंत्रमा हामीलाई सहभागिता गराइएन । हामिले के पायौं?

यो तंत्रको विरुद्ध पनि केहि जनै टुप्पिधारिहरुले कथित कम्युनिस्टको नाममा चर्को नारा घन्काए र माओको शैलिमा सशस्त्र भुमिगत युद्ध गरे जसमा भनियो कि यो युद्ध सफल भएमा जातैपिच्छेको जातिय राज्य आत्म निर्णय सहितको अधिकार दिने तथा गरिब शोषित उत्पिडित सर्वहाराको शासन आउछ भनेर गरिएको युद्ध जसको नाम पंडितहरुले “जनयुद्ध”राखेको थिए त्यस युद्धमा झन हजारौको संख्यामा सहादत दियौ । हामिले के पायौं?

त्यस पछि मधेशीहरुले अधिकार पाएन भनि तराई मधेशमा ठुलै आंदोलन भयो त्यसमा पनि सैकड़ों सहिद भए, हामीलाई लाग्यो अब त पक्कै अधिकार पाइन्छ भनेर सबैभंदा अग्रपंक्तिमा रहेर लड्यौं तर शासन र सत्ता भंदा बाहिर भयौं, दैनिक जसो हत्या, बलात्कार कुटपिट यातना भोगि रहेको छौ । हामिले के पायौं ?

पटक–पटक क्रांतिमा सहादत दिए पनि हामीले केहि पाएनौ किनकि ति सबै परिवर्तनको आंदोलन थिएन त्यो त केहि बाहुन र क्षेत्री बिचको द्वन्द्व थियो। ति आंदोलनको नेतृत्व हाम्रो थिएन, दुश्मनको षड्यंत्रको शिकार भयौं यसको मुख्य कारण न विचारधारा हाम्रो नियंत्रणमा थियो न नेतृत्व नै हाम्रो थियो। अब अझै कति अन्यको लागि लड्ने ? बाहुनधर्मको चातुर्वर्ण्य वर्णव्यवस्थाले निर्माण गरेको जातिविभेद छुवाछुतलाइ समुल नष्ट गर्नको लागि अंतिम लड़ाई लडौ जुन आंदोलनले हामी संग खोसिएको संपुर्ण गुमाएको हकअधिकार क्षतिपूर्ति सहित फिर्ता होस ।

लेखक मूलबासी अभियनता हुन ।

एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी
एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी

२१ असार २०७७, आईतवार -

काठमाण्डौ । एमसीसी बिषयलाई लिएर सत्ताधारी पार्टीहरु घम्साघम्सी गरिरहेको बेला मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले एमसीसी नेपालको हितमा नरहेको भन्दै यथास्थितिमा पारित नगर्न सरकारलाई चेतावनी दिएको छ

“न्याय प्रेमी लोकसमुदायहरु अहिले हाम्रो मुलुकमा कोरोना भाईरस भन्दा पनि खतरा रोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ता राष्ट्रघाती सम्झौतालाई संसद्बाट पारित गर्न सत्ताधारी न्वारानदेखिको जोडबल गरिरहेका छन् ।” बिज्ञप्तीमा भनिएको छ, “हाम्रो संगठनले एमसीसी सम्झौतालाई पारित गर्न नहुने धारणालाई दोहो¥याउदै यहि असार १८ गते बसेको सर्वोच्च सभाको बैठकले यथास्थितिमा एमसीसी पारित हुनु नेपालको हितमा नहुने निष्कर्ष निकालेको यसै बिज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं ।”

एमसीसी सत्ता पक्षले आफ्नो ब्यक्तीगत स्वार्थ पूरा गर्नकै निमिक्त लोकसमुदायलाई कुनै जानकारी नदिई सूचनाबाट समेत बञ्चित गरि गोप्य सम्झौता गरेको भन्दै राष्ट्रहित बिरोधी (एमसिसी) संसदबाट पारित गराउने खेलको बिरोध जनाएको छ ।

“लोक समुदायले बारम्बार सचेत गराउदा गराउदै पनि लोकमत, लोक आवाजको बेवास्था गर्दै जबर्जस्ति राष्ट्रघाती (एमसिसी) पारित भए, राष्ट्रले ठूलो मुल्य चुकाउनु पर्नेछ । वैचारिक रुपमा आम नागरिकले शान्तिपूर्ण सांकेतिक बिरोध मात्रै गरिरहेको अवस्थामा यदि नागरिकका आवाजलाई दबाउदै पारित गरे मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संघर्षको मैदानमा उत्रिन बाध्य हुनेछ ।” बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ, “यो प्रस्ताव हिन्द प्रशान्त रणनीति (आइपीएस) अन्तर्गत अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको बिभिन्न अध्ययनले पुष्टी भएको छ । यति मात्र नभएर एमसीसी सम्झौतामा उल्लेख भएका प्रावधान, सर्त, मान्यता, तथ्य र विभिन्न दस्तावेजका आधारमा देशको सार्बभौम, राष्ट्रिय स्वाधीनता बिरुद्ध भएको सिद्ध हुन्छ । यसकारण यथास्थितिमा एमसीसी पारित नगर्न यसै विज्ञप्ती मार्फत सरकारलाई आग्रह समेत गर्न चाहन्छौ ।”


संयोजक समेत रहेका बीरलाल राईद्वारा हस्ताक्षरित बिज्ञप्तीमा “हामी ओली सरकार लाई अनुरोध गर्दछौ कि उट्पट्याङ्गले देश चल्दैन, जनतालाई मूर्ख नबनाउनुस । कोरोना महामारीका कारण नागरिक भोक भोकै मरिरहेका छन् । दैनिक आत्माहत्या गरिरहेका छन । यसप्रति सरकार गम्भिर हुन” भनेको छ । यसगरी सम्भु सदा, राजु सदा, मलर सदा, अंगिरा पासी लगायत रुकुम हत्याकाण्डका दोषीलाई कडा भन्दा कडा कार्बाही गरि पिडितहरुलाई चाडो न्याय दिने बाटो तिर ध्यान पु¥याउन सुझाव दिएको छ ।

यता यौन शोषण आरोपमा पक्राउ परेका पत्रकार तथा हिन्दु महासंघको महासचिव अर्जुन शिवाकोटीलाई आजीवन सजायको माग गरेको छ । बिज्ञप्तीमा “पत्रकार तथा हिन्दु महासंघको महासचिव भनिएका २ जना बालिकालाई १४ महिनादेखि लगातार बलात्कार गर्ने अर्जुन शिवाकोटीलाई पनि सरकारले सत्य तथ्य छानबिन गरि दोषीलाई आजीवन सजाय गर्न जोडदार माग गर्दछौ ।” उल्लेख छ ।

एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी

कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)
कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)

२० जेष्ठ २०७७, मंगलवार -

काठमाण्डौ । जेठ १९ सोमबार, अन्तरजातीय प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न खोज्दा पश्चिम रुकुममा जेष्ठ १० गते नवराज बि.क सहित ६ जनाको हत्या भएको घट्नालाई लिएर मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनले माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको छ ।

प्रर्दशनका क्रममा रुकुम हत्याकाण्ड निष्पक्ष छानबीन गर, नश्लीय विभेद बन्द गर, वर्णभेदी नीति बन्द गर, मानवअधिकार लागू गर, बाँच्न पाउने अधिकार सुरक्षीत गर, जनताको सुरक्षाको ग्यारेन्टी गर, धार्मिक अपराध बन्द गर, मूलबासी मंगोल एक हौ” लेखिएका प्लेकार्ड सहि नारा बाजी लगाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ३ नं. प्रदेश संयोजक शेरप तामाङले रुकुम चौरजहारी हत्याकाण्डमा संलग्नलाई नेपालको संविधान बमोजिम कार्वाही गर्नु पर्ने बताएका छन् । नेपाल सरकारले मृतकका परिवारलाई उचित क्षतीपूर्तीको व्यवस्थाको पनि माग गरेका छन् । सभालाई सम्बोधन गर्दै संघिय संचार प्रमुख जीवन मंगोलले रुकुम हत्याकाण्डले नेपालको विश्व सामु वेइजत भइरहदा उच्च जातीय सोच बोक्नेहरुले हत्याकाण्डलाई दबाउन खोजेको आरोप लगाएका छन् । विश्वलाई नै रुकुम हत्याकाण्डले स्तव्ध बनाएको र नेपालमा जातीय नरसंहार गर्नेलाई जंगली पशु संग तुलना भइरहेको बताए । मानवले मावन भएर बाँच्न पाउने अधिकारको बर्खिलापमा भएको हत्याकाण्डको छानबीन गरि दोषीलाई आजीवन काराबासको सजाय हुनु पर्ने माग समेत गरेका छन् ।

यसैगरी वडाध्यक्षको संलग्नता देखिनु र सांसद्हरुको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति प्रति कडा बिरोध जनाएका छन् । आफूलाई उच्च ठान्नेहरुले नवराज बि.क लगायत उनका साथीहरुलाई ट्यापे, गुण्डा, त्यस्तालाई हत्या नगरे के फूलमालाले स्वागत गर्नु भन्ने बाहुनवादीहरुले दिएको तर्कले मान्छेको बाँच्न पाउने अधिकार बञ्चित भएको तर्क गरे । कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै प्रश्न गरे । लगडाउनको अवधीमा जातीय विभेद, जातीय दमन, बलात्कार जस्ता घट्ना बढेको भन्दै बिरोध जनाएका छन ।

सभामा रुपन्देही जिल्लाको देबदह २ मा झुन्डिएको अवस्थामा भेटिएकी किशोरी अंगीरा पासीको बलात्कार पछि हत्या भएकोमा दुःख व्यक्त गरेका छन् । भने बलात्कारीलाई सजाय हुनु पर्ने माग गरेका छन् । यसैगरी बक्ताहरुले लडडाउन घोषणा भएपछि उच्च जातिको केटी भगाएको कारण दलित युवालाई यातना दिइएको, दलित युवा कुटिएको, दलित महिला भएकै कारण कुटपीट, राहत बितरणमा जातिविभेद, दलितले क्रियापुत्रि खोज्दा विभेद अपमान, जातीय विभेद बिरुद्ध बोल्नेलाई धम्की, क्वारेन्टाइनमा जातीय विभेद, दलितसंग बिबाह भएकै कारण निर्घात कुटपीट जस्ता घट्नाको भत्र्सना गरेका छन् ।

सबै खाले विभेद बिरुद्धको सन्धिहरुको पक्ष राष्ट्र नेपाल भए पनि बाहुनवादी सोचबाट गए गुज्रेकाहरुले जातिय बिभेद गर्ने, जातिय दंगा फैलाउने कार्य गरिरहेको र मानवले मानव भएर बाच्न पाउने अधिकार कुन्ठीत गरिरहेको भन्दै चर्को बिरोध जनाएका छन् । आफूहरु मानवअधिकारको पक्षमा, पीडित उत्पीडितहरुको पक्षमा रहेको भन्दै सबै उत्पीडित मूलबासी मंगोल एक हुन आव्हान समेत गरेका छन ।

धरान उपमहानगरपालिकाले कोरना नियन्त्रणका लागि युवा परिचालन गर्ने तयारी ।
धरान उपमहानगरपालिकाले कोरना नियन्त्रणका लागि युवा परिचालन गर्ने तयारी ।

१७ चैत्र २०७६, सोमबार -

धरान उपमहानगरपालिकामा आज ११ बजे बाट ३ बजे सम्म नगर प्रमुख तिलक राइ को रहोबरमा बसेको बैठकमा कोरना भाइरल नियन्त्रण सम्बन्धि जनचेतना फैलाउनको निमित्त युवा शक्ति परिचालन गर्ने निर्णय भएको छ । उक्त बसेको आजको बैठकमा मंगोल नेसनल अर्गनाइजेसन डा गोपाल गुरुङ संगठनका सदस्यको पनि उपस्तिथी थियो ।

लकडाउन २५ गते मध्यरातिसम्म ।
लकडाउन २५ गते मध्यरातिसम्म ।

१६ चैत्र २०७६, आईतवार -

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेर २५ गते मध्यरातिसम्म पुराएको छ । एसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लकडाउन गरिएको थियो । बिबिध खाद्य सामाग्री पसलहरुलाइ दिन को २ पटक पसल हरु खोल्ने गरि थप गरिएको छ ।
नेपालमा बाहिरि मुलुक हुदै प्रबेस गर्नेहरुमा कोरना भाइरस बाट संक्रमितहरु दिन प्रतिदिन थपिने क्रम बढ्दो भएपनि मृत्यु भने आज सम्म कसैको भएको पुष्टि हुन सकेको छैन ।

प्रदेश १ मा २५ जनालाइ कोरना भाइरस टेस्ट गर्दा २० जनामा नेगेटिभ।
प्रदेश १ मा २५ जनालाइ कोरना भाइरस टेस्ट गर्दा २० जनामा नेगेटिभ।

१५ चैत्र २०७६, शनिबार -

प्रदेश १ को विभिन्न अस्पतालहरु बाट २५ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागी पठाइएको थियो जस मध्ये २० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने बाकि ५ जनाको रिपोर्ट आउनु बाकि रहेको छ ।
प्रदेश १ को विभिन्न अस्पतालहरुमा गरि एति खेर क्वारेन्टाइनमा १ सय १४ जना भर्ना भएको र शंक्रमणको शंखामा रहेका ३ सय १० जना ‘होम क्वारेन्टाइन’मा छन् ।